हेटौँडा उपमहानगरपालिकामा तीन ओटा नयाँ स्वास्थ्य संस्था

 चैत १, २०७५ शुक्रबार ११:५०:१० | उज्यालो सहकर्मी
unn.prixa.net

मकवानपुर – हेटौँडा उपमहानगरपालिकाले हरेक नागरिकलाई वडा र टोल स्तरमा नै प्राथमिक स्वास्थ्य उपचार गराउन तीन ठाउँमा नयाँ स्वास्थ्य केन्द्र स्थापना गरेको छ ।

हेटौँडा उपमहानगरपालिको वडा नम्बर १७, १४ र ९ मा डाक्टरसहितको स्वास्थ्य केन्द्र स्थापना गरी सेवा सुरु गरिएकोह हो । वडा नं १७ को हटियामा एकजना डाक्टरसहित ७ जना स्वास्थ्यकर्मीलाई राखेर यस क्षेत्रका नागरिकलाई स्वास्थ्य उपचारको सेवा दिइएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो ।

शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र नाम राखेर नयाँ भवन निर्माणपछि स्वास्थ्य सेवा सुरु गरिएको हो । हटियामा प्रयोगशालासहित स्थापना गरेर दिसा, पिसाब, रगतसमेत जाँच गरेर उपचार गरिँदै आएको छ ।

त्यसैगरी हेटौँडा १४ मा वडा कार्यालयसँगै दुईजना स्वास्थ्यकर्मी राखेर उपचार सुरु गरिएको छ । हेटौंडा ९ मा पनि वडा कार्यालयसँगै शहरी स्वास्थ्य क्लिनिक स्थापना गरेर दुईजना स्वास्थ्यकर्मी राखेर उपचार सुरु गरिएको छ ।

सामान्य बिरामी पर्दा आफ्नै टोल र वडामा स्वास्थ्य उपचार गर्नका लागि सहज होस् भन्ने उद्धेश्यले शहरी स्वास्थ्य संस्थाहरु स्थापना गरिएको हेटौँडा उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख सुपेन्द्र कार्कीले बताउनुभयो । उपमहानगर मातहत अब नौ वटा स्वास्थ्य संस्थाहरु संचालनमा आएका छन् ।

हेटौँडाको ६, ७, ८, ११ र १९ नंम्बर वडामा पहिलेदेखिनै स्वास्थ्य संस्थाहरु सञ्चालनमा आएका थिए । यसैगरी पहिले नै सञ्चालनमा रहेका हेटौँडा १५ र १७ का आयुर्वेदिक औषधालय पनि उपमहानगरपालिका मातहतमा आएका छन् । 
        

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया