बस दुर्घटनाका घाइते ५ जनालाई हेलिकप्टरमार्फत काठमाण्डौ पठाइयो

 चैत १, २०७५ शुक्रबार १२:४९:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

दोलखा – विगु गाउँपालिका –१ मा बस दुर्घटना हुँदा घाइते भएका ५ जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौ पठाइएको छ ।

दुर्घटनाका घाइतेहरु कञ्चनपुरको कञ्चनपुर नगरपालिका वडा नम्बर २ का २० वर्षीया देवसिंह चौधरी, लमजुङ जिल्लाका २५ वर्षीया सुरज लामा, सुर्खेतको विरेन्द्रनगर नगरपालिका ७ बस्ने ४३ वर्षीया प्रेम आचार्य, बर्दियाको ठाकुरद्धारा नगरपालिका १ बस्ने २३ वर्षीया दिनेश सुनार र दोलखाको कालिञ्चोक गाउँपालिका ९ बस्ने सवारी चालक २२ वर्षीया सुदीप शिवाकोटीलाई हेलिकप्टरमार्फत काठमाण्डौ पठाइएको हो ।

उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा प्राथमिक उपचार गरी काठमाण्डौ पठाइएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता प्रदीप महतले जानकारी दिनुभयो । 
 
माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माण कम्पनी सिनो हाइड्रो कम्पनीको कामदार बोकेको बा ४ ख ४५ ७३ नम्बरको बस बिगु गाउँपालिका–१, नयाँबाटोमा दुर्घटना हुँदा सुर्खेतको चौकुने गाउँपालिका–३ का दिनेश थापा र लमजुङको मस्र्याङ्गी गाउँपालिका–३ का हीराप्रसाद मिजारको ज्यान गएको छ । 

अन्य घाइतेको सामुदायिक अस्पताल चरिकोट, प्राथमिक स्वास्थ्य केन्द्र चरिकोट, सामुदायिक अस्पताल सिंगटीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक सुनजित तामाङले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया