कुखुरा पालनमा विदेशी लगानी भित्र्याउने सरकारको तयारीप्रति व्यवसायीको आपत्ति

 चैत १, २०७५ शुक्रबार १४:४:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – उद्योगी व्यवसायीहरुले घरेलु तथा साना उद्योगमा विदेशी लगानी भित्र्याउने सरकारको तयारीप्रति आपत्ति जनाएका छन् । 

नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको उद्योग समितिका सभापति अञ्जन श्रेष्ठले नेपाली उद्योगी आफै समक्ष भएकाले घरेलु तथा साना उद्योगमा विदेशी लगानी नभित्र्याउन सरकारसँग मागसमेत गर्नु भयो । नेपालको उद्योग नै विस्थापित हुने र नेपालमा बेरोजगारी समस्या झनै बढेर जाने भएकाले घरेलु तथा साना उद्योगमा विदेशी लगानी आवश्यक नरहेको उहाँको तर्क छ । 

शुक्रबार संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिकोे बैठकमा ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’माथिको छलफलमा भाग लिँदै सभापति श्रेष्ठले साना उद्योग विस्थापित हुने भएकाले यसमा विदेशी लगानी ल्याउने कानुनी व्यवस्था गर्न नहुने पनि स्पष्ट पार्नु भयो । विधेयकमा कुखुरा पालनमा विदेशी लगानी भित्र्याउने प्रस्ताव गरिएकोमा उद्योगी व्यवसायीहरुको आपत्ति छ ।

यता, विज्ञहरुले भने नेपाली उद्योग विस्थापित नहुने गरी विदेशी लगानी भित्र्याउँदा आपत्ति मान्नुपर्ने अवस्था नरहेको धारणा राख्नु भएको थियो । अर्थविद् एवम् पूर्व राजदूत डा. शंकर शर्माले डेरी उद्योगमा विदेशी लगानी भित्रयाउँदा किसानहरुलाई प्रविधिसमेत भित्रिने भएकाले समस्या नहुने तर्क गर्नु भयो । उहाँले कुखुरा पालनामा भने विदेशी लगानी ल्याउन नहुने गरी कानुन बनाउन उपयुक्त हुने सुझाव सरकारलाई दिनुभयो ।

पूर्व उद्योग सचिव पुरुपोत्तम ओझाले नेपालको राष्ट्रिय आवश्यक्तालाई ध्यानमा राखेर विदेशी लगानी भित्र्याउनुपर्ने स्पष्ट पार्नुभयो । उहाँले विदेशी लगानी नेपालका लागि आवश्यक रहेकोतर्फ पनि सम्बन्धित सबै पक्षको गम्भीर ध्यानाकर्षण गराउनु भयो ।

विधेयकमा माछा पालन, मौरी पालनमा नेपाल आफै सक्षम रहेको उल्लेख गर्दैै त्यसमा भने विदेशी लगानी आवश्यक नरहेको उल्लेख गरिएको छ ।


 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया