पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
महोत्तरी – एक महिना अगाडिदेखि महोत्तरीको रामनगरमा रहेको एभरेष्ट चिनी उद्योगमा किसानहरुले लगाएको ताला सामेबार खोलिएको छ ।
आइतबार जिल्ला प्रशासन कार्यालय महोत्तरीमा चिनी उद्योगका संचालक र उखु उत्पादक कृषक संघ महोत्तरीबीच भएको वार्तामा क्रमिक रुपमा किसानलाई चिनीको भुक्तानी दिने सहमति भएपछि ताला खोलिएको हो । उखु उत्पादक कृषक संघका महोत्तरी अध्यक्ष नरेश सिंह कुशवाहाले दिएको जानकारी अनुसार वार्ताको क्रममा तत्काल ६० करोड बराबरको भुक्तानी किसानलाई दिने सहमति भएको छ भने बाँकी रहेको भुक्तानी अगामी भदौ महिनासम्ममा चिनी उद्योगले क्रमिक रुपमा दिने भएका छन् ।
तत्कालको लागि भुक्तानी पाउनु नै किसानहरुको ठूलो उपलब्धि भएको स्थानीय किसान नेता मनु अधिकारीले बताउनुभयो । गृह मन्त्रालयको निर्देशनअनुसार सम्पन्न भएको वार्तामा दुवै पक्षबीच सहमति भएपछि सोमबार बिहान ११ बजे चिनी मिलमा लगाइएको तालाबन्दी खोलिएको हो ।
पौने २ अर्ब बराबरको उखुको एकमुष्ट भुक्तानीको माग गर्दै उखु उत्पादक कृषक संघ महोत्तरीको अगुवाइमा यहाँका किसानहरु गएको जेठ ६ गतेदेखि उद्योगको विभिन्न स्थानमा तालाबन्दी गर्दै मूल गेटमा धर्नामा बसेका थिए । किसानहरु धर्नामा बसेको स्थलमा नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले किसानहरुको माग सम्बोधन गर्न आफूले पहल गर्ने जनाएपछि तत्कालको लागि धर्ना कार्यक्रम स्थगित भएको थियो ।
त्यसपछि मन्त्रिपरिषदले उखु किसानको भुक्तानी दिलाउनको लागि बृहत छलफल गरी एक साताको समयसीमा दिएर सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई पहल गर्नका लागि निर्देशन दिएको थियो ।
सोही क्रममा जिल्ला प्रशासन कार्यालय महोत्तरीले प्रमुख जिल्ला अधिकारी वावुराम श्रेष्ठको उपस्थितिमा किसान प्रतिनिधि र चिनी उद्योगका संचालकबीच सहमति भएको हो । उखु बिक्री भएको महिनौ बित्दा समेत भुक्तानी नपाएका उखु किसानहरुले हाल ऋण र सापटीको भरमा घरजम चलाउँदै आएका छन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।