प्रदूषण नियन्त्रणका लागि वातावरण विभागले अनुगमन बढाउने

 वैशाख ४, २०८२ बिहीबार ८:५९:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वातावरण विभागले प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाउने जनाएको छ ।

विभागले नेपालमा विशेषगरी मङ्सिरदेखि जेठसम्म वायुप्रदूषण उच्च हुने गरेकाले प्रदूषण न्यूनीकरणका लागि गाडी तथा उद्योगको अनुगमन बढाउने जनाएको हो ।

वायु प्रदूषणको मुख्य कारण उद्योग कलकारखाना र गाडीबाट निस्कने धुवाँ, निर्माणकार्य, खुला रूपमा फोहर तथा कुहिने अवशेष जलाउनु, घरबाट निस्कने धुवाँ धुलो आदि रहेको विभागको भनाइ छ ।

विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वातावरणीय प्रदूषण गर्नेलाई कडाइका साथ अनुमगन तथा नियमन गरेर प्रदूषण न्यूनीकरणका तत्कालीन योजना कार्यान्वयन गर्ने जानकारी दिनुभयो ।

लामो समयसम्म पानी नपर्दा एक हप्ताअघि प्रदूषण बढेर आपतकालीन अवस्थामा पुगेको थियो । अहिले वर्षासँगै प्रदूषण सामान्य घटेको छ ।

वर्षाले प्रदूषणलाई राहत दिए पनि वर्षा रोकिएपछि प्रदूषण बढ्न सक्ने भएकाले यसको नियन्त्रणका लागि प्रयास भइरहेको विभागको दाबी छ ।

विभागले वन डढेलो लगाउनु सार्वजनिक अपराध भएकाले यस्तो काम नगर्न, घरायसी ठोस फोहर तथा प्लास्टिकजन्य फोहर तथा कृषिजन्य अवशेषहरु नजलाउन, गाडीको नियमित मर्मतसम्भार गर्न, उद्योग कलकारखाना तथा भान्सामा स्वच्छ ऊर्जाको प्रयोग गर्न, सडक तथा निर्माणकार्यबाट उड्ने धुवाँ धुलो नियन्त्रण गर्न सुझाव दिएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया