ग्यासकाे भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति
फागुन २०, २०८१ मंगलबार
काठमाण्डाै - संघीय संसदको विकास तथा प्रविधि समितिले काठमाडौं–निजगढ द्रुतमार्ग निर्माणको काम तोकिएकै समयमा सम्पन्न हुने निष्कर्ष निकालेको छ ।
समिति अन्तरगतको उपसमितिले सो द्रुतमार्गको स्थलगत अवलोकनपछि तयार पारेको प्रतिवेदनमा नेपाली सेनाले निर्माण गरिरहेको द्रुतमार्ग निर्माण कार्य तोकिएकै समयमा सम्पन्न हुने उल्लेख गरिएको हो ।
समितिकी सभापति कल्याणी खड्काले समितिको शुक्रबारको बैठकमा द्रुतमार्गको स्थलगत अवलोकनसम्बन्धी प्रतिवेदन पेश गर्दै नेपाली सेनाले द्रुतमार्ग निर्माणको काम प्रभावकारी ढंगले अघि बढाएको पनि जानकारी दिनु भयो ।
७६ दशमलव २ किलोमिटर लम्बाइ रहेको द्रुतमार्गको ५४ किलोमिटरको काम नेपाली सेनाले सम्पन्न गरिसकेको छ । उपसमितिकी संयोजकसमेत रहनुभएकी सभापति खड्काले स्थलगत अवलोकनको क्रममा द्रुतमार्गको ७० प्रतिशत निर्माण कार्य सम्पन्न भएको पाइएको उल्लेख गर्नुभयो ।
प्रतिवेदनमा द्रुतमार्गको काम विनाअवरोध अघि बढाउन सम्बन्धित स्थानीय तहसँग सहकार्यका साथ अघि बढ्न पनि नेपाली सेनालाई सुझाव दिइएको छ ।
त्यसैगरी स्थानीय स्तरमा भएका निर्माण सामग्रीको पनि उचित प्रयोगमा ध्यान दिन पनि नेपाली सेनालाई सुझाव दिइएको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिनुभयो । स्थानीय निर्माण सामग्री प्रयोगमा कानुनी जटिलता देखिएको उल्लेख गर्दै प्रतिवेदनमा त्यसको उचित व्यवस्थापन गर्न पनि सरकारलाई सचेत गराइएको छ ।
उप-समितिले तयार पारेको प्रतिवेदनमा द्रुतमार्ग निर्माणको काम सम्पन्न हुने आधार सुनिश्चित भएको पनि उल्लेख गरिएको छ । २०७४ साल वैशाख २१ गते तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले ४ वर्षभित्र निर्माण कार्य सम्पन्न हुनेगरी द्रुतमार्गको निर्माणको काम नेपाली सेनालाई दिने निर्णय गरेको थियो ।
सो आयोजनाको निर्माणका लागि एक खर्ब १२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।