ग्यासकाे भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति
फागुन २०, २०८१ मंगलबार
खोटाङ – जंगलबाट सुरु भएको डढेलो बस्तीमा छिर्दा खोटाङमा ७ घर जलेर नष्ट भएको छ ।
स्थानीय गढीथुम्का र कासेघडेरी सामुदायिक वनबाट सुरु भएको भिषण डढेलो बस्तीमा छिर्दा रावाबेँसी गाउँपालिका–५ दुबेकोलमा रहेकाे घलेगाउँका गोपाल पाण्डे, युवराज पाण्डे, अभिकेसर पाण्डे र भीम पाण्डे तथा ऐसेलुखर्क गाउँपालिका–७ माक्पाका तोमबहादुर निरौला र पहलमान निरौलाको घर तथा गोठ जलेको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी राजकुमार केसीले बताउनुभयो ।
सम्बन्धित गाउँपालिकाका अनुसार क्षतिको विवरण आउन बाँकी रहेको छ । डढेलो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र स्थानीय खटिएका बताइएकाे छ ।
रावाबेँसी गाउँपालिकाभित्रको डढेलो पूर्णरुपमा ननिभे पनि खतरा टरेको रावाबेँसी गाउँपालिका प्रमुख लिलानाथ निरौलाले बताउनुभयो । गढीथुम्का र कासेघडेरी सामुदायिक वनबाट फैलिँदै ऐंसेलुखर्क गाउँपालिका–७ माक्पाको लेवा क्षेत्रमा पुगेको डढेलो भने नियन्त्रण बाहिर गएको ऐंसेलुखर्क गाउँपालिका प्रमुख बिश्वनाथ निरौलाले बताउनुभयो ।
यस्तै, स्थानीय गैरीखेत सामुदायिक वनबाट सुरु भएको डढेलोले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका विद्याकुमार राईको घर तथा दुईवटा मचान जलेको छ । खोटेहाङ गाउँपालिका–७ खोटाङबजारको धनमुडा चयनपुर सामुदायिक वनमा लागेको डढेलो पनि नियन्त्रण बाहिर गएको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।