ग्यासकाे भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति
फागुन २०, २०८१ मंगलबार
काठमाण्डौ – पहाडको तुलनामा तराईको तापक्रम ह्वात्तै बढेको छ ।
पहाडको तुलनामा तराईको तापक्रम एक हप्तामा झण्डै ५ डिग्री सेल्सियसले बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार एक हप्ताअघि २९ दशमलब ४ डिग्री सेल्सियस मापन गरिएको जनकपुरको अधिकतम तापक्रम हिजो ३४ दशमलब ४ डिग्री सेल्सियस पुगेको छ । यस्तै धरान, विराटनगर, धनगढी, सिमरा, नेपालगन्ज, भैरहवा लगायतका क्षेत्रको तापक्रम ३० डिग्री सेल्सियसभन्दा धेरै मापन गरिएको छ ।
हिमाली जिल्ला जोमसोमको अधिकतम तापक्रम सबैभन्दा कम १५ दशमलब ७ डिग्री सेल्सियस पुगेको छ । यस्तै पहाडमा पनि अधिकतम तापक्रम बढेको छ । तर पहाडको तुलनामा तराईको तापक्रम एक हप्तामा झण्डै ५ डिग्री सेल्सियसले बढेको हो । आज भने तराई क्षेत्रको तापक्रम थोरै घट्ने महाशाखाको अनुमान छ ।
महाशाखाका अनुसार आज विराटनगरको अधिकतम तापक्रम ३० दशमलब १ डिग्रीमा झर्नेछ । हिजो विराटनगरको तापक्रम ३३ दशमलब ६ डिग्री सेल्सियस मापन गरिएको थियो ।
आज देशभरिकै पहाडी भूभागको मौसमान आशिंक बदली भएप नि अरु ठाउँको मौसम भने सफा हुने मौसमविद्ले अनुमान गरेका छन् । तर पश्चिमी वायुको प्रभावले राित भने पश्चिमी क्षेत्रको मौसम बदली भई मध्य र पश्चिमको एक दुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।