गीतकार आर बी खड्काको ‘आगो र पानी’ सार्वजनिक

 चैत २, २०७५ शनिबार १९:६:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - गीतकार आर बी खड्काको शब्द, संकलन तथा कर्मा ग्याल्चेन बम्जनको स्वर रहेको ‘आगो र पानीबीचको नाता कसरी खोजौँ’ बोलको गीत सार्वजनिक भएको छ । 

गीतमा स्वरसँगै संगीत पनि बम्जनकै रहेको छ । गीतका साथै यसको म्युजिक भिडियो पनि यूट्यूबमार्फत सार्वजनिक गरिएको हो । 

गीतलाई कलात्मक ढंगले मनोज विष्टले भिडियो मार्फत बुझाउने कोशिस गरेका छन् । विष्टको निर्देशन रहेको म्युजिक भिडियोमा मोडल बिनु शाक्य, बिशाल थापा र प्रफुल्ल श्रेष्ठको अभिनयलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ । 

अमेरिकामा रहेका गीतकार खड्काले नेपाली गीतसंगीत क्षेत्रमा निरन्तर उत्कृष्ट गीतहरु पस्किरहेका छन् । 

सम्पन्न परिवारकी एक्ली छोरीले गरिब परिवारमा हुर्केर जीवनको हरेक पाइलामा संघर्ष गरिरहेका एक युवकलाई मन पराउदा युवकले चाहँदा चाहँदै पनि स्वीकार्न नसकेको दृष्यलाई भिडियाे मार्फत देखाइएकाे छ । टेकेन्द्र शाहले सम्पादन गरेको भिडियोको व्यवस्थापन सुवास प्रधानले गरेका हुन् ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया