शान्तिपूर्ण राजनीतिमा आउन विप्लव नेतृत्वको नेकपालाई कांग्रेसकाे आग्रह

 चैत २, २०७५ शनिबार १९:३९:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेसले शान्तिपूर्ण राजनीतिमा आउन नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई आग्रह गरेको छ ।

शनिबार विज्ञप्ति निकालेर कांग्रेसले सबैखाले विमतिको हल राजनैतिक संवादको माध्यमबाट खोज्न सकिने तथा शान्ति, सहमति र सहकार्यको बाटोबाट मात्रै देशको प्रगति हुने भन्दै हत्या, हिंसा र चन्दा आतङ्कको बाटो छाडेर शान्तिपूर्ण राजनीतिमा आउन सार्वजनिक अपिल गरेको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले निकालेको विज्ञप्तिमा नागरिकको सुरक्षा गर्नु राज्यको दायित्व भएको तर त्यसका नाममा संविधान विपरीत निषेधको बाटो नअपनाउन सरकारलाई आग्रह गरिएको छ ।

दशक लामो हिंसात्मक विद्रोहको शान्तिपूर्ण निकास खोज्न नेपालले ऐतिहासिक सफलता हासिल गरेको स्मरण गर्दै विज्ञप्तिमा हिंसात्मक व्रिदोहमा गएको विप्लव नेतृत्वकाे नेकपालाई संविधानभित्रैबाट विश्वासमा लिन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी र यसको नेतृत्वलाई आवेगमुक्त भएर पहल गर्न अपिल गरिएको छ ।

दुवै कम्युनिष्ट पार्टीलाई लामो हिंसाबाट जर्जर भएर भर्खरै शान्तिको सास फेरिरहेको देशमा फेरि नागरिक जीवनमाथि खेलबाड नगर्न पनि कांग्रेसले सचेत गराएको छ । 

अन्तिम अपडेट: फागुन १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया