हिन्दूराष्ट्र पुनर्स्थापना लगायतका माग राख्दै राप्रपाले आन्दोलन गर्ने

 चैत २, २०७५ शनिबार २१:१०:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले हिन्दूराष्ट्र पुनर्स्थापना लगायतका माग राख्दै यही चैत १५ गतेदेखि आन्दोलन गर्ने भएको छ । 

आज बसेको राप्रपाको केन्द्रीय समिति बैठकले ३ चरणमा जनसंघर्षका कार्यक्रम गर्ने निर्णय गरेको हो । कार्यक्रम अन्तर्गत देशधर हस्ताक्षर संकलन, धर्ना, सत्याग्रह लगायतका संघर्षका कार्यक्रम हुने बताइएको छ । 

बैठकले देश टुक्र्याउने गतिविधि सञ्चालन गर्ने सिके राउतसँग सहमति गरेर सरकारले स्वतन्त्र मधेशको मुद्दा र संगठनलाई वैधता प्रदान गरेको ठहर गरेको छ । 

सम्झौता भएको भोलिपल्ट नै सि.के. राउतको उपस्थितिमा जनकपुरमा राष्ट्र विखण्डनको नाराबाजी र प्रदर्शन भएकाले पनि सम्झौता सही नभएको पुष्टि भएको राप्रपाको भनाइ छ । 

यस्तै राप्रपाले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउनुको साटो सरकारले वार्ताको माध्यमबाट समाधान खोज्नुपर्ने निष्कर्ष निकालेको छ ।
 

अन्तिम अपडेट: फागुन १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया