काठमाण्डौ उपत्यकासहित पहाडी भेगमा मौसम आंशिक बदली
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै – युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा सुनारले आफ्नो एक वर्षे कार्यकालको विवरण सार्वजनिक गर्नुभएकाे छ।
गएकाे वर्षको चैत २ गते केपी शर्मा ओलीले युवा तथा खेलकुदमन्त्रीको रुपमा विश्वकर्मालाई नियुक्त गरेपछि पद तथा गोपनीयताकाे सपथ लिएर सिंहदरबार पुगी कार्यभार सम्हाल्नुभएकाे थियाे।
२ गते नै एक वर्ष पुगे पनि सार्वजनिक बिदा परेकाले आइतबार पत्रकार सम्मेलन गरी मन्त्री विकले युवा विकास, खेलकुद विकास, प्रतियोगिता, प्रशिक्षण तथा प्रोत्साहन, ऐन, नियमावली, निर्देशिका/कार्यविधि निर्माण/संशोधन, संगठनात्मक सुधार, सुशासन गरी बुँदागत रुपमा ८ पृष्ठ लामो प्रगति विवरण सार्वजनिक गर्नुभएकाे हाे ।
विवरणमा खेलकुद विकास अन्तर्गत काठमाण्डाै उपत्यकामा अन्तर्राष्ट्रियस्तरका खेल पूर्वाधारहरु, ७ वटै प्रदेशमा आधुनिक सुविधा सम्पन्न रंगशाला निर्माण र ७ सय ५३ वटै स्थानीय तहमा खेलग्रामहरुकाे निर्माण कार्य लक्ष्यअनुरुप भइरहेको उल्लेख छ ।
यसैगरी खेल क्षेत्रको प्रशासनिक सुधार, खेलाडीको वृत्तिविकास, तालिम, प्रशिक्षण, सेवा-सुविधा, सम्मान/भत्ता, पुरस्कार/प्रोत्साहन, बीमा, नियमित प्रतियोगिता, खेल पर्यटनको विकास, साहसिक खेलको विकास र प्रवर्द्धनजस्ता काममा गुणात्मक फड्को मारेको तथ्य मन्त्रीले एक वर्षे कार्यकालमा गरेको कामको विवरणमा समेट्नु भएकाे छ ।
यसैगरी मन्त्री विश्वकर्माले पत्रकारहरुका जिज्ञासाको जवाफ दिने क्रममा १८१ वटा खेल संघहरुलाई तीन भागमा वर्गिकरण गर्ने योजना पेश गर्नुभएकाे थियाे । अन्तर्राष्ट्रिय स्तरमा मेडल प्राप्त गर्ने खेल संघहरुलाई त्यही किसिमले राज्यले लगानी गर्ने, आर्थिक उर्पाजन तथा पर्यटन प्रवर्द्धनका हिसाबले दोस्रो र अन्यलाई तेस्रो तहमा वर्गीकरण गर्ने योजना रहेको बताउनुभयेा ।
यस्तै १३ औं साग खेलकु्द नेपालको प्रतिष्ठासँग जोडिएकाले जसरी पनि डिसेम्बरमा सम्पन्न हुने बताउनुभयाे । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको चाँडै मिति घोषणा हुने बताउँदै आठौं प्रतियोगिता सम्पन्न भए १३ औं सागका लागि खेलाडी छनोट पूरा हुने र प्रतियोगिता अगाडि बढाउन सहज हुने उहाँको भनाइ थियो ।
सागको उद्घाटनस्थलको रुपमा रहेको त्रिपुरेश्वरमा रहेकाे दशरथ रंगशाला पुन: निर्माणको काम तदारुकताका साथ भइरहेको भन्दै निर्धारित मितिमै पूरा हुने विश्वास व्यक्त गर्नुभयाे ।
प्रदेश पाँचमा आयोजना हुने आठौं राष्ट्रिय खेलकुदको पूर्वाधार अन्तर्गत भीआईपी तर्फको प्यारापिटको छानो हाल्ने काम मात्र बाँकी रहेको जानकारी दिँदै अबको १०–१५ दिनमा काम सकिने बताउनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।