विभिन्न वायुसेवा कम्पनीले करिब २ अर्ब ३५ करोड बक्यौता रकम बुझाउन बाँकी रहेको खुलासा

 चैत ३, २०७५ आइतबार १५:२१:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले नेपाल एयरलाइन्स, सौर्य एयर लाइन्स, एयर इन्डियालगायतका विमान कम्पनीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई करिब २ अर्ब ३५ करोड बराबरको बक्यौता रकम बुझाउन बाँकी रहेको जानकारी दिनुभएको छ ।

आइतबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा उहाँले याे बक्यौता रकममध्ये ५० लाख भने भुक्तानी हुने क्रममा रहेको बताउनु भयो ।

समितिका सदस्यहरुले भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीहरुकै मिलाेमतोमा याे बक्यौता रकम हिनामिना भएको हुनसक्ने आशंका गर्दै आक्रोश व्यक्त गरेका थिए ।

समितिका सदस्य राजेन्द्रकुमार केसीले अर्बाैँको रकम गैरजिम्मेवार ढंगले उठाउने काम नगरेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका पदाधिकारीप्रति आक्रोश व्यक्त गर्नुभयो । उहाँले विमानस्थलका कर्मचारीहरुले अदालतलाई देखाएर पनि बक्यौता रकम हिनामिना गरेको हुन सक्ने आशंका व्यक्त गर्नुभयो ।

समितिका अर्का सदस्य विरोध खतिवडाले अदालतको मुद्दा नै नभएका विमान कम्पनीहरुको बक्यौता रकम किन असुल नगरेको भनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका पदाधिकारीहरुमाथि प्रश्न गर्नुभएको थियो । उहाँले हिनामिना गरेर खाने अनि बक्यौता रकम देखाउने काम कर्मचारीहरुबाट हुने गरेको आरोप लगाउँदै यस्ताे कुरा सह्य नहुने चेतावनी पनि दिनुभयो ।

यता, त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले भने ३ महिनाभित्र याे बक्यौता रकम असुल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सार्वजनिक लेखा समितिको निर्देशन र प्रचलित कानुन अनुसार ३ महिनाभित्र पनि बक्यौता रकम असुल नगर्ने कम्पनीको विमान सञ्चालनमा रोक लगाउने चेतावनी  दिनुभयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँग सम्झौता गरेर सेवा प्रवाह गरिरहेका वायुसेवा निगमलगायतका संघ, संस्थाहरुको बुझाउन बाँकी बक्यौता रकम धेरै भएको पाइएपछि त्यससम्बन्धमा सार्वजनिक लेखा समितिले आइतबार सरोकारवाला निकायसँग छलफल गरेको हो ।

समितिले कुन–कुन कम्पनीको कति बक्यौता रकम बुझाउन बाँकी रहेको हो भन्दै त्यसको सम्पूर्ण विवरण झिकाएर दोषीमाथि कडा कारबाही गर्न सरकारलाई निर्देशन दिने तयारी गरेको छ ।

अन्तिम अपडेट: फागुन १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया