काठमाण्डौ उपत्यकासहित पहाडी भेगमा मौसम आंशिक बदली
मंसिर १२, २०८१ बुधबार
इटालियन सिरी ए च्याम्पियन युभेन्टसले लिगमा पहिलो हार ब्यहोरेको छ ।
आइतबार भएको खेलमा युभेन्टसलाई जेनाेआले २–० ले पराजित गर्यो । जेनाेआको मैदानमा भएको खेलमा घरेलु टिमलाई जित दिलाउनका लागि दुवै गोल सब्स्टिच्युट खेलाडीले गरेका थिए । पहिलो हाफ गोलरहित बनेको खेलमा स्टेफानो स्टुराराे र गोरान पान्डेभले एक एक गोल गरेका हुन् ।
७२औं मिनेटमा स्टुराराेले गोल गर्दै जेनाेआलाई अग्रता दिलाएका थिए । उनी लाजोभिचको स्थानमा ७०औं मिनेटमा मैदान प्रवेश गरेका थिए । मैदान पसेको दुई मिनेटमा नै उनले गोल गरे । ८१औं मिनेटमा पान्डेभले गोल गरे । उनी ६०औं मिनेटमा सानाब्रियाको स्थानमा मैदान प्रवेश गरेका थिए ।
जितसँगै जेनाेआ ३३ अंक बनाउँदै एघारौं स्थानमा उक्लिएको छ । युभेन्टसको भने यो पहिलो हार हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।