ग्यासकाे भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति
फागुन २०, २०८१ मंगलबार
काठमाण्डौ – तारकेश्वर र टोखा नगरपालिकामा देखिएको बर्ड फ्लू नियन्त्रण गर्ने प्रयास भइरहेको पशुसेवा विभागले जनाएको छ । बर्ड फ्लू संक्रमित कुखुरा नष्ट गरिएकोे र वरपरका ठाउँमा पनि संक्रमणको जोखिम भए नभएकोबारे अनुगमन गर्ने तयारी भइरहेको विभागका उप–महानिर्देशक डाक्टर सम्झना काफ्लेले जानकारी दिनुभयो ।
काठमाण्डौका थप केही ठाउँमा पनि बर्ड फ्लू को संक्रमण हुन सक्ने शंका रहेकाले परीक्षण गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । बर्ड फ्लू प्रभावित क्षेत्रका कुखुरा फार्ममा चुना र ‘भिर्काेन स्प्रे’ छर्ने काम भइरहेको छ।
अबको ४० दिन यी ठाउँमा कुखरा पाल्न रोक लगाइएको छ । ४० दिनपछि फेरि विज्ञको टोलीले अनुगमन गरेपछि मात्र कुखुरा पाल्न पाउने नपाउने निर्णय गर्ने डा. काफ्लेले बताउनुभयो ।
काठमाण्डौको तारकेश्वर र टोखामा रहेका दुईवटा कुखुरा पोल्ट्रीफार्ममा बर्ड फ्लू भएको पुष्टि भएपछि २८ हजारभन्दा धेरै कुखुरा नष्ट गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।