ग्यासकाे भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति
फागुन २०, २०८१ मंगलबार
काठमाण्डाै – विवेकशील साझा पार्टीले बढी शुल्क असुल्ने मेडिकल कलेजलाई कारबाही गर्न माग गरेकाे छ ।
साेमबार पार्टीका प्रवक्ता डाक्टर सूर्यराज आचार्यले विज्ञप्ति सार्वजनिक गर्दै मेडिकल कलेज र शैक्षिक संस्थाहरुले तोकिएभन्दा बढी शुल्क लिएर विद्यार्थीबाट लाखौँलाख ठगी गरेका पछिल्ला समाचारहर प्रति आफ्नाे पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएकाे छ ।
शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवाका क्षेत्रमा नाफाखोर व्यावसायीकरणको नीतिले गर्दा अभिभावक र विद्यार्थीहरु मारमा परेकाे तर त्यस्ता कलेजहरुलाई कारबाही गर्नेतर्फ सरकारको उदासीनता संशयपूर्ण रहेका भन्दै पार्टीले आपत्ति जनाएकाे छ ।
विज्ञप्तिमा विद्यार्थी र अभिवावकलाई मर्का पर्न गएकोमा आवश्यक कदम चालेर बढी शुल्क लिइएकाको हकमा याे शुल्क फिर्ता गर्नुपर्ने माग गरिएकाे छ ।
यस्तै तोकिएको भन्दा थप शुल्क लिने सम्पूर्ण शैक्षिक संस्थाहरुको मनोमानी प्रवृत्तिलाई निरुत्साहित गर्न तत्काल कडा कदम चाल्नुपर्ने विज्ञप्तिमा बताइएकाे छ ।
शिक्षा र स्वास्थ्य जस्ता आधारभूत सेवामा राज्यको दायित्व र नागरिकको सहज, न्यायोचित पहुँच सुनिश्चितिताका लागि आवश्यक कानुनी व्यवस्था हुनु पर्ने पार्टीले माग गरेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।