कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै - इण्डियन प्रिमियर लिग आईपीएल खेल्नका लागि नेपाली लेग स्पीनर सन्दीप लामिछाने बुधबार दिल्ली जाँदैछन् ।
पाकिस्तान सुपर लिग खेलेर स्वदेश फर्किएका सन्दीपले ६ दिन नेपालमा बिताए । दिल्ली जानुअघि सञ्चारकर्मीसँग कुरा गर्दै सन्दीपले आफू निकै उत्साहित रहेको प्रतिक्रिया दिए । कुनै पनि प्रतियोगिता खेल्न जाँदा आफूसँग देशको नाम जोडिने भएकाले राम्रो प्रदर्शन गर्ने जिम्मेवारी बोकेर दिल्ली जान लागेको प्रतिक्रिया दिए ।
‘जुन देशमा खेल्न जाँदा पनि मेरो साथमा देशको नाम जोडिएको हुन्छ, जति राम्रो गर्दै जान्छु, देशका लागि पनि राम्रो हुन्छ,’ सन्दीपले भने । आफ्नो प्रदर्शनले अन्य नेपाली खेलाडीलाई पनि राम्रो प्रेरणा हुने उनले बताए ।
नयाँ सिजनमा उत्कृष्ट प्रदर्शन गर्न सकेको खण्डमा बल्ल आफ्नो क्षमता प्रमाणित गर्न सक्ने प्रतिक्रिया सन्दीपको छ । पछिल्लो एक वर्ष उनी विश्वभरी क्रिकेट खेल्दै निकै व्यस्त भए । पीएसएलबाट फर्किएर उनले ५ दिन परिवारसँग बिताएका थिए ।
‘आमा–बुवा लगायत परिवारका सबै सदस्यले मेरो प्रदर्शनमा गर्व गर्नुहुन्छ । यसरी नै नेपालको नाम चिनाउन पाउँ,’ सन्दीपले आफ्नो इच्छा व्यक्त गरे । तीन वर्षका लागि सन्दीप दिल्लीमा आबद्ध छन् ।
उनले अर्को सिजन पनि यही टिमबाट खेल्नेछन् । इण्डियन प्रिमियर लिग शनिबारदेखि शुरु हुँदैछ । सन्दिप सहभागी भएको टिम दिल्लीले आइतबार मुम्बई इण्डियन्सविरुद्धको खेलबाट प्रतियोगिता शुरु गर्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।