महिला साफ च्याम्पियनसिप : नेपालकाे चार शून्यकाे अग्रता

 चैत ६, २०७५ बुधबार १२:४७:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

विराटनगरमा जारी महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र  श्रील‌ंका बीचकाे दाेस्राे हाफकाे खेल जारी छ । अहिलेसम्म नेपालले चार गाेलकाे अग्रता बनाएकाे छ ।

पहिलाे हाफकाे अन्त्यतिर १ गाेल गरेकाे नेपालले दाेस्राे हाफकाे खेल जारी रहँदा तीन शून्यले अग्रता बनाएकाे छ ।  पहिलो हाफको ४२ औं मिनेटमा पुनम जर्घामगरले गोल गर्दै अग्रता दिलाएकी हुन् । गीता रानाले प्रहार गरेको फि कीकलाई कप्तान निरु थापाले बाइसाईकल किक प्रहार गरेकी थिइन् ।निरुको प्रहारलाई सावित्राले हेडर गरकी थिइन् । निरु र फरवार्ड सावित्रा भण्डारीमाथि ध्यान दिएका बेला अनमार्कमा रहेकी पुनमले गोल गरेकी हुन् । 

सुरुदेखि नै आक्रमक फुटबल खेलेको नेपालले पहिलो हाफमा थुप्रै पटक पोस्ट चार्ज गरेको थियो । दाेस्राे हाफकाे सुरुदेखि नै पाेष्ट चार्ज गरेकाे नेपालले ७२ औं मिनेटमा अग्रता दाेस्राे र ८१ औं मिनेटमा तेस्राे र ८६ औं मिनेटमा चाैथा गाेल गरेकाे हाे । नेपालका लागि अनिता बस्नेतले दाेस्राे र सावित्रा भण्डारीले तेस्राे र रेखा पाैडेलले चाैथाे गाेल गरेकी हुन् ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया