नियमित गर्भ जाँच गराउने गर्भवतीलाई तुवाचुङ नगरपालिकाकाे ‘कोसेली’

 चैत ६, २०७५ बुधबार १५:६:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – नियमित गर्भ जाँच गराउने खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका गर्भवती महिलालाई ‘कोसेली भेट’ गरिएको छ ।

नियमित चार पटक गर्भ जाँच गराएका धितुङका ६० जना गर्भवती महिलालाई नगरपालिकाले ‘कोसेली भेट’ गरिएको हो । 

बहुक्षेत्रीय पोषण कार्यक्रम र वडा कार्यालय धितुङसँगको सहकार्यमा नगर स्वास्थ्य शाखाले अण्डा, आयोडिन नुन, सरसफाइका लागि साबुन, रुमाल लगायतका कोसेलीसहित गर्भवती महिलालाई ‘कोसेली भेट’ गरेको हो । 

नियमित गर्भ जाँच गराउने गर्भवती महिलालाई मेयर इवन राई र उपमेयर बिमला राईले कोसेली ‘कोसेली भेट’ गर्नुभएको हाे ।

नियमित गर्भ जाँच गराउने महिलालाई सम्मान गर्दै अन्य गर्भवती महिलालाई पनि नियमित गर्भजाँच गर्न प्रोत्साहित गर्नका लागि नगरपालिकामा गर्भवती महिलासँग ‘कोसेली भेट’ कार्यक्रम सुरु गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर राईले बताउनुभयो । 
 

अन्तिम अपडेट: फागुन १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया