ग्यासकाे भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति
फागुन २०, २०८१ मंगलबार
काठमाण्डाै - सामाजिक सञ्जालमा अश्लील तथा उत्तेजित अन्तरवार्ता सञ्चालन गरेको अभियोगमा फुल्चोकी मिडिया ग्रुपका सञ्चालक राजकुमार कुँवर, कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तान तथा अश्लील अन्तर्वार्ता दिने मोडल परी तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
अश्लील सामग्रीहरु युट्यूब च्यानलमार्फत ‘मस्ती टक टाइम’ कार्यक्रमका नाममा प्रसारण गरी सामाजिक स॥जालमा अमर्यादित, अश्लील, उत्तेजित अन्तरवार्ता दिएको र कार्यक्रम सञ्चालन गरेको आम जनसमुदायबाट गुनासो आएपश्चात महानगरीय प्रहरी परिसर काठमाण्डौबाट खटिएको प्रहरीले उनीहरुलाई कलंकीबाट पक्राउ गरेको हो । उनीहरुलाई साइबर क्राइम अपराधमा अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।