ग्यासकाे भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति
फागुन २०, २०८१ मंगलबार
सर्लाही – सर्लाहीको बरहथवा – ५ मा श्रीमानले धारिलो खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
स्थानीय रामेश्वर सिग्देलको घरमा कोठा भाडामा लिएर बसेका उदयपुर सुरुङगाका ३० वर्षीय रामजी विश्वकर्माले ३३ वर्षकी श्रीमती सुनिता विश्वकर्मालाई बिहीबार राति धारिलो खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
विश्वकर्मा बरहथवा बजारमा रहेको एक सुन पसलमा कालिगडको काम गर्दै आइरहेका थिए । हत्या गरेर भाग्दै गरेका उनलाई प्रहरीले राति नै पक्राउ गरेको हो ।
हत्याको बारेमा थप अनुसन्धान भैरहेको सर्लाही प्रहरीले जानएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल मलंगवा पठाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।