प्रेमीसँग मिलेर श्रीमानको हत्या

 असार १२, २०७५ मंगलबार १६:११:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

कैलाली - कैलालीमा मंगलबार एक महिलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेकी छिन् ।

गोदावरी नगरपालिका–१० कैलालीकी लक्ष्मी बडालले श्रीमान तेजबहादुर बिष्टलाई भासुको भिरबाट खसालेर हत्या गरेको प्रहरीले जनाएको छ । 

बडाल र बिष्टबीच गएको वैशाख १६ गते  विवाह भएको थियो ।

परिवारले गएको वैशाखमा कञ्चनपुरको पुनर्वास नगरपालिका–२ का तेजबहादुर बिष्टसँग लक्ष्मीको मागी विवाह गरिदिएको थियो ।

गोदावरी नगरपालिका–१० कैलाली माइती भएकी लक्ष्मी बडालकाे तेजबहादुर बिष्टसँग विवाह हुनुभन्दा एकवर्ष पहिले देखि र गोदावरी–१२ खमौरा घर भएका दीपक खत्रीबीच प्रेम सम्बन्ध रहेको जनाइएको छ । 

नचाहेरै परिवारको दबाबमा अर्कै युवकसँग विवाह गर्नुपरेपछि लक्ष्मीले आफ्ना प्रेमी दीपक खत्रीसँग मिलेर श्रीमानको हत्याको योजना बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

लक्ष्मीले घुम्न जाने बहानामा कैलालीको भासु भिरबाट खसालेर श्रीमानको हत्या गरेको कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयाे ।

लक्ष्मी र उनका प्रेमी भनिएका दीपक खत्रीले यहि असार ८ गते राति तेजबहादुरलाई घुम्न जाने बहानामा भिमदत्त राजमार्गको चुरे क्षेत्रमा पर्ने भासु भिरमा लगेका थिए ।

भासु भिरमा पुर्याएर फलामे छडले टाउकोमा हानेर घाइते बनाएको र त्यसपछि बिष्टलाई उनी सवार म १ प ७४७७ नम्बरको मोटरसाइकलसहित भिरबाट खसालेको प्रहरी उपरीक्षक घिमिरले बताए ।

शवलार्इ  पोष्टमाटमका लागि सेती अञ्चल अस्पतालमा राखिएको र हत्यामा संलग्न दुवैजनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: फागुन २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया