लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रका केही ठाउँमा आज हुरीबत...
बैशाख ६, २०८१ बिहिबार
मोरङ – साफ महिला च्याम्पियनसिपको फाइनल खेलको पहिलो हाफ चलिरहँदा भारत र नेपालबीच एक–एकको बराबरी भएकाे छ ।
खेलको २६ औँ मिनेटमा फ्रीकिकमार्फत डालिमा छिब्बरले गोल गर्दै भारतलाई अग्रता दिलाएकी हुन् । त्यसकाे केही बेरपछि नेपालका लागि सावित्रा भण्डारीले ३३ औँ मिनेटमा बराबरी गाेल गरेकी हुन् ।
नेपालले सेमिफाइनलमा श्रीलंका र भारतले बंगलादेशलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् । नेपाल पाँच संस्करण मध्ये चौथो पटक फाइनलमा पुगेको छ भने भारतले लगातार पाँचौं फाइनल खेल्दै छ ।
यसअघि लगातार चार पटक भारतले नै उपाधि जितेको थियो ।