कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
माेरङ - विराटनगरमा जारी पाँचौ महिला साफ फुटबल च्याम्पियनिसपको फाइनलमा नेपाल र भारत भिडिरिहेका छन् । दुवै टिम अपराजित रहँदै फाइनलमा उपाधि भिडन्त गरेका हुन् ।
फाइनलकाे पहिलो हाफ एक-एककाे बराबरीमा सकिएकाे छ । सुरुदेखिनै आक्रामक फुटबल खेलेको नेपालले गोल गर्ने अवसर भने खेर फाल्याे। तर २६ औं मिनेटमा नेपालकी हिरा कुमारी भुजलेले फल गरे पछि पाएको फ्रीकिकलाई डालिमा छिब्बरले उत्कृष्ट गोल गरेकी थिइन् ।
एक गोलले पछि परेको ७ मिनेटपछि नै नेपाल खेलमा फर्किएको थियो । प्रत्येक खेलमा गोल गरेकी सावित्रा भण्डारीले भारतविरुद्ध ३३ औं मिनेटमा हेडर गोल गर्दै नेपाललाई फर्काउन सफल भइन् ।
नेपालले सेमिफाइनलमा श्रीलंका र भारतले बंगलादेशलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् । नेपाल पाँच संस्करणमध्ये चौथो पटक फाइनलमा पुगेको छ भने भारतले लगातार पाँचौं फाइनल खेल्दै छ ।
यसअघि लगातार चार पटक भारतले नै उपाधि जितेको थियो ।