नेपाललाई ३-१ ले हराउँदै फेरि उचाल्याे भारतले साफ महिला च्याम्पियनसिपकाे उपाधि

 चैत ८, २०७५ शुक्रबार १६:५५:८ | उज्यालो सहकर्मी
unn.prixa.net

माेरङ - नेपाललाई ३-१ गाेल अन्तरले हराउँदै भारतले  साफ महिला च्याम्पियनसिपको उपाधि जितेकाे छ । फाइनलमा नेपाललाई हराउँदै भारतले लगातार पाँचौं उपाधि जितेको हो ।

यसअघि भएका चारवटै संस्करणमा भारत च्याम्पियन बनेको थियो । नेपालको उपाधि अभियानमा भारत सँधै बाधक बन्दै आएको थियो । घरेलु मैदान विराटनगरमा भएको यो संस्करणमा पनि नेपालले नयाँ इतिहास रच्न सकेन ।

सुरुदेखि नै आक्रामक फुटबल खेलेको नेपालले  गोल गर्ने अवसर जुराउन सकेन । खेलमा भारतले पहिलो अग्रता लियो । २६औं मिनेटमा हिरा कुमारी भुजलेले फल गरे पछि पाएको फ्रीकिकलाई डालिमा छिब्बरले उत्कृष्ट गोल गरेकी थिइन् । एक गोलले पछि परेको ६ मिनेट पछि नै नेपाल खेलमा फर्किएको थियो । प्रत्येक खेलमा गोल गरेकी सावित्रा भण्डारीले भारतविरुद्ध ३२ औं मिनेटमा हेडर गोल गर्दै नेपाललाई फर्काउन सफल भइन् ।

त्यसपछि पनि सावित्राले एउटा राम्रो मौका पाएकी थिइन् । तर भारतीय गोलकिपरको उत्कृष्ट बचाउ गरेपछि नेपालले अग्रता लिने मौका गुमायो ।

भारतविरुद्ध नेपालको डिफेन्स निकै कमजोर थियो । फस्वरुप ६२औं मिनेटमा डिफेन्सकै तालमेलको आभावको मौकामा सन्ध्या रंगनाथनको पासमा ग्रेस दाङमेईले वन भर्सेस वनमा नेपाली गोलकिपरलाई बिट गदै २–१ को अग्रता दिलाइन् । ७८औं मिनेटमा भारतले अर्को गोल गर्‍यो । यस पटक भारतका लागि अन्जु तामाङले गोल गरिन् । 

त्यसपछि नेपालको खेलमा फर्किने प्रयास असफल भयो । यस क्रममा सावित्रा भण्डारीले गोल गर्ने मौका गुमाइन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया