ग्यासकाे भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति
फागुन २०, २०८१ मंगलबार
काठमाण्डाै – शुक्रबार बसेको राष्ट्रियसभाको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक २०७५ लाई बहुमतले पारित गरेको हो ।
बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक २०७५ लाई पारित गरियोस् भनि प्रस्ताव गर्नुभएको थियो ।
त्यसअघि विधेयकमाथिको दफावार छलफलमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री यादवले विधेयकमा प्रतिनिधि सभाबाट केही विषयमा संशाेधन भएको र आवश्यक परे भविष्यमा संसोधन गर्न सकिने भएकाले विधेयक पास गरी सहयोग गर्न आग्रह गर्नुभएको थियो ।
संयुक्त संशाेधनकर्ताको तर्फबाट राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले विधेयकमा रहेका प्रावधानले हजाराैँ नेपालीको रोजीरोटी खोसिने भन्दै कार्गो सेवालाई पनि विदेशी लगानी आवश्यक नपर्ने सूचीमा राख्नुपर्ने माग गर्नुभयो ।
कार्गो पनि सेवा व्यवसाय भएको र यसमा विदेशी लगानी भित्र्याउँदा स्वदेशी कामदारको रोजीरोटी खोसिने भन्दै ७ नम्बर अनुसूची थप गरी त्यसलाई समावेश गर्न माग गर्दै उहाँले संशाेधन दर्ता गराउनुभएको थियो ।
विदेशी लगानी खुल्ला नगरिएका उद्योग या व्यवसाय भनेर कुखुरापालन, व्यक्तिगत सेवा व्यवसाय, घर जग्गा खरिद बिक्रीलगायत साना साना उद्योग व्यवसायलाई नेगेटिभ लिस्टमा राखी ६ वटा अनुसूचीमा उल्लेख गरिएको छ ।
राष्ट्रिय सभाको अर्को बैठक आउँदाे आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।