ग्यासकाे भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति
फागुन २०, २०८१ मंगलबार
काठमाण्डाै – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुको रोकिएको प्रोत्साहन भत्ता पुनः उपलब्ध गराउने भएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुको गएकाे साउन महिनादेखि रोकिएको प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिनुभएको हो ।
शुक्रबार सिंंहदरबारस्थित प्राधिकरणको कार्यालयमा सरोकारवाला निकायसँगको भेटमा उहाँले गएकाे साउन महिनादेखिकै पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुको प्रोत्साहन भत्ता उपलब्ध गराउन अर्थ मन्त्रालयसँग सहमति लिइएको पनि स्पष्ट पार्नु भयो ।
पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुले प्रोत्साहन भत्ता उपलब्ध गराउन माग गर्दै आन्दोलन सुरु गरेका थिए । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले प्राधिकरणले इन्जिनियरहरुको सेवा सुविधामा कुनै कमी हुन नदिने उल्लेख गर्दैै आन्दोलन छोडेर पुनर्निर्माणको काममा केन्द्रित हुन पनि आह्वान गर्नुभयो ।
प्राधिकरणले पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुको थप सेवा र सुविधा सम्बन्धित स्थानीय तहले सिफारिस गरेको आधारमा उपलब्ध गराउने पनि जनाएको छ । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले सम्बन्धित स्थानीय तहले गरेको सिफारिसको आधारमा इन्जिनियरहरुको थप सेवा, सुविधा उपलब्ध गराउने पनि स्पष्ट पार्नु भयो ।
प्राधिकरणले निजी आवास निर्माणको काम मानवीय संवेदनासँग जोडिएकाले याे काममा ढिलाइ नगर्न पनि सम्बन्धित सबै पक्षलाई सचेत गराउँदै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।