कांग्रेस नेता सिटौला अस्वस्थ, आईसीयूमा राखेर उपचार हुँदै

 चैत ८, २०७५ शुक्रबार २०:६:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला अस्पताल भर्ना हुनु भएकाे छ ।

स्वास्थ्यमा अचानक गडबडी भएपछि उहाँ शुक्रबार साँझ धुम्बाराहीमा रहेकाे ह्याम्स अस्पताल भर्ना हुनु भएकाे हाे । आईसीयूमा राखेर उहाँकाे उपचार भइरहेको छ । उहाँका सहयोगी किरण सिटौलाका अनुसार चिकित्सकहरुले रगतमा हेमोग्लोबिनको मात्रा कम देखिएको र प्रेसरसमेत घटेको बताएका छन् ।

डाक्टर भगवान कोइरालासहितको टिमले उहाँको उपचार गरिरहेको छ। रगतको मात्रा बढाउनका लागि अहिले नेता सिटौलालाई रगत दिइँदै गरिएको सांसद  तथा कांग्रेस नेता भिमसेनदास प्रधानले जानकारी दिनुभयाे ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया