युरोकप छनोट : इंग्ल्याण्ड र फ्रान्सले प्रभावशाली जित निकाल्दा पोर्चुगल बराबरीमा राेकियाे

 चैत ९, २०७५ शनिबार ८:१३:४७ | एजेन्सी
unn.prixa.net

युरोकप छनोट अन्तर्गत भएको खेलमा इंग्ल्याण्डले चेक गणतन्त्रलाई पाँच-शून्यको भारी अन्तरले हराएको छ भने फ्रान्सले मोल्डोभालाई चार-एकले पाखा लगाएको छ ।

यस्तै अर्को खेलमा टर्कीले अल्बानियालाई दुई-शून्यले पराजित गर्दा पोर्चुगल भने युक्रेनसँग गोलरहित बराबरी खेल्यो । 

समूह ए अन्तर्गत भएको खेलमा इंग्ल्याण्डले चेक गणतन्त्रलाई चार-शून्यको भारी अन्तरले हरायो । इंग्ल्याण्डको जितमा रहिम स्ट्रलिङले ह्याट्रिक गर्दा ह्यारी केनले एक गोल गरे । खेलको २४ औं मिनेटमा पहिलो गोल गरेको रहिमले ६२ औं र ६८ औं मिनेटमा गोल गर्दै व्यक्तिगत ह्याट्रिक पूरा गरेका थिए । यस्तै ह्यारी केनले ४५ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । खेलको अन्तिममा इंग्ल्याण्डले उपहार गोलमार्फत अन्तर पाँच-शून्यमा पुर्‍याएको थियो । 

अर्को खेलमा विश्व विजेता फ्रान्सले मोल्डोभालाई पनि चार-एकले नै हरायो । पहिलो हाफमा नै तीन-शून्यको अग्रता बनाएको फ्रान्का लागि एन्टोइन ग्रिजम्यानले २४ औं भारानेले २७ औं, ओलिभर जिरुडले ३६ औं मिनेटमा गोल गरेका थिए । त्यसपछि ८७ औं मिनेटमा केलियन एम्बाप्पेले गोल गर्दै टिमलाई चार-शून्यको अग्रता दिलाए । तर खेलको अन्तिममा मोल्डोभाले एक गोल फर्काएको थियो । 

यस्तै टर्कीले अल्बानियालाई दुई-शून्यले हरायो भने आइसल्याण्डले एन्डोरालाई पनि दुई-शून्यले नै पाखा लगायो ।

यता क्रिस्टियानो रोनाल्डो टिममा फर्किएको खेलमा पोर्चुगल युक्रेनसँग गोलरहित बराबरीमा रोकियो ।

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया