विप्लवका मध्यकमाण्ड इन्चार्ज ओलीसहित नाै जनालाई काठमाण्डाै ल्याइयाे

 चैत ९, २०७५ शनिबार १९:१७:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काभ्रेको खानीखोला गाउँपालिकाबाट पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित नौजनालाई काठमाण्डाै ल्याएर अनुसन्धान शुरु गरिएको छ ।

शनिबार दिउँसो काठमाण्डाै ल्याइएका उनीहरुलाई सम्बन्धित मुद्धा रहेका प्रहरी इकाइ अन्तरगत अनुसन्धान सुरु गरिएकाे गरेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।

ओली एनसेलको मुख्य कार्यालय अगाडि बम विष्फोट गराउने मुख्य योजनाकार रहेका प्रहरीको दावी छ । ओलीसँगै धर्मराज राजवाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी, विजय श्रेष्ठ, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्का पक्राउ परेको प्रहरीको उच्च श्रोतले जानकारी दिए पनि प्रहरीले आधिकारिक रुपमा पक्राउ पर्नेको नाम अझै सार्वजनिक गरेको छैन ।

उनीहरुको साथबाट एउटा पेस्तोल र बा १७ च ४८९३ नम्बरको जीप बरामद गरिएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया