जथाभाबी फोहर फाल्नेबाट वीरगञ्ज महानगरले उठायो २७ लाख रुपैयाँ
चैत १६, २०८० शुक्रबार
इन्डियन प्रिमियर लिग क्रिकेट २०१९ को उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरले चेन्नई सुपर किंग्सलाई ७१ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको बेंग्लोरले १७.१ ओभरमा सबै विकेट गुमाएर ७० रन बनाएको हो ।
बेंग्लोरलाई सस्तैमा समेट्न हरभजन सिंह र इमरान ताहिरले समान तीन-तीन विकेट लिँदा रवीन्द्र जडेजाले २ तथा ड्वेन ब्राभोले एक विकेट लिए ।
बेंग्लोरका पार्थिव पटेलले सर्वाधिक २९ रन बनाउनु बाहेक अरु कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तान विराट कोहली ६ रनमा आउट भएका थिए । महेन्द्रसिंह धोनीको नेतृत्वमा रहेको चेन्नईले केही बेरमा जवाफी ब्याटिङ गर्ने छ ।