नुवाकोटकी बाटुली लामिछाने विश्वकै ज्येष्ठ नागरिक भएको दाबी

 चैत १०, २०७५ आइतबार ७:११:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नुवाकोट जिल्ला, शिवपुरी गाउँपालिका, वडा नम्बर–८ की बाटुली लामिछाने आइतबारदेखि १ सय १७ वर्षको हुनुभएकाे छ ।

आइतबार १ सय १७ वर्ष उमेर पुग्नुभएकी लामिछानेलाई जन्म दिनको शुभकामना दिन र विश्वकै ज्येष्ठ नागरिक बन्न सफल भएकोमा बधाई दिनेहरु शनिबारदेखि नै उहाँको घरमा ताँती लागेका छन् ।

राष्ट्रिय ज्येष्ठ नागरिक कोषले शनिबार नै उहाँको घरमा पुगेर अभिनन्दन गर्नुका साथै शुभकामना र बधाई दिएको छ । कोषका अध्यक्ष रामकृष्ण कर्माचार्यको नेतृत्वमा गएको कोषको टोलीले बाटुली लामिछानेलाई केही आर्थिक सहयोग पनि प्रदान गरेको थियो । 

त्यस अवसरमा अध्यक्ष कर्माचार्यले बाटुली लामिछाने विश्वकै ज्येष्ठ नागरिक भएको उहाँको नागरिकता र स्वास्थ्य परीक्षणबाट पुष्टि भएको बताउनुभयो । बाटुली लामिछाने विश्वकै सबैभन्दा ज्येष्ठ नागरिक रहेकोले त्यसका लागि नेपाल सरकारकातर्फबाट पहल गरिने जानकारी पनि उहाँले गराउनुभयो ।  
 

अन्तिम अपडेट: फागुन १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया