कांग्रेस नेता कृष्ण सिटौलाको स्वास्थ्यलाभको कामना गर्दै रक्तदान

 चैत १०, २०७५ आइतबार १४:३४:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको स्वास्थ्यलाभको कामना गर्दै रक्तदान गरिएको छ ।

सिटौला भर्ना हुनुभएको ह्याम्स अस्पताल परिसरमा भएको रक्तदान कार्यक्रममा १ सय ७ जनाले रक्तदान गरेको नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सदस्य सुशिल भट्टले जानकारी दिनुभयो । 

‘दुख बाँडौँ, सुख साटौँ’ भन्ने भावनासहित हामीले अस्पतालमै रक्तदान गरेका छौँ, यसबाट सिटौलासहित धेरैले रगत पाउनेछन्’, भट्टले उज्यालोलाई जानकारी दिनुभयो । 

शुक्रबार राति हस्पताल भर्ना हुनुभएका सिटौलाको आईसीयूमा राखेर उपचार भइरहेको छ । आइतबार मध्यान्ह अस्पतालले निकालेको स्वास्थ्य अपडेट अनुसार अहिले सिटौलाको आन्द्राको रक्तश्रावको उपचार भैरहेको छ ।
 

अन्तिम अपडेट: फागुन १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया