दाङ र सल्यानमा खुले आईएमई लाइफ इन्स्योरेन्सका नयाँ शाखा

 चैत १०, २०७५ आइतबार २०:३१:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दाङको घोराही तथा सल्यानकाे श्रीनगरमा नयाँ शाखा खाेलेकाे छ ।

शनिबार दाङको घोराहीमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ शाखाकाे उद्घाटन गर्नुभयो ।शाखाकार्यालयको उद्घाटन गर्दैअध्यक्ष ढकालले करिब बीस वर्ष अघिदेखि नै आईएमई ग्रुपका विभिन्न सेवाहरू विशेष प्राथमिकताका साथ दाङमा स्थापना गरिँदै आएको स्मरण गर्नुभयो ।

उद्घाटनका क्रममा अध्यक्ष ढकालले घोराहीमा खाेलिएकाे शाखाले सेवाग्राही थप लाभान्वित हुने बताउनुभयो ।

त्यस्तै आइतबार सल्यान जिल्लाको शारदा नगरपालिका १, श्रीनगरकाे शाखा कार्यालय पनि उद्घाटन गरियाे । शाखाकाे सल्यान जिल्ला समन्वय समितिका अध्यक्ष केश बहादुर विष्ट र आइएमई ग्रुपकाअध्यक्ष ढकालले संयुक्त रुपमा गर्नुभएकाे थियाे ।


 

अन्तिम अपडेट: फागुन १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया