आज १० अर्बको ट्रेजरी बिल बिक्री गरिँदै

 चैत ११, २०७५ सोमबार ७:२४:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै –  नेपाल राष्ट्र बैंकले साेमबार बोलकबोल प्रक्रियाबाट १० अर्ब ३३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेकाे छ । लगातार ट्रेजरी बिलको बिक्री गर्दै आएको नेपाल राष्ट्र बैंकले पुनः सोमबार बिल बिक्री गर्ने भएको बैंंकले एक सूचनामार्फत जानकारी दिएको छ । 

बैंकका अनुसार चार अर्ब तीन करोड रुपैयाँ बराबरको ट्रेजरी भने ९१ दिनका लागि बिक्री गर्न लागिएको हो । यस्तै चार अर्ब ३० करोड रुपैयाँ बराबरको ट्रेजरी १८२ दिनका लागि र दुई अर्ब रुपैयाँ बराबरको ट्रेजरी ३६४ दिनका लागि बिक्री गर्न लागिएको बैंकले जनाएको छ । 

ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको बढीमा एक वर्ष स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।

यसअघि यही चैत ४ गते १३ अर्ब ५१ करोड रुपैयाँ बराबरको त्यस्तै बिल बिक्री गरेको थियो । यस्तै बैंकले साेमबार पाँच अर्ब रुपैयाँ बराबरको रिपो बोलकबोल गरेको छ । 
 

अन्तिम अपडेट: फागुन १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया