‘राजु मास्टर’ र ‘बल्छी धुर्वे’ले छोडे मेरी बास्सै

 चैत ११, २०७५ सोमबार ८:२४:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको लोकप्रिय हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ बाट कलाकार मरिचमान श्रेष्ठ (बल्छि धुर्वे) र राजु पौडेल (राजु मास्टर) अलग भएका छन् । 

मरिचमान श्रेष्ठले आफ्नो फेसबुकमा स्टाटस लेख्दै मेरी बास्सैबाट अलग भएको घोषणा गरेका हुन् । स्टाटसमा मरिचमानले कार्यक्रम उत्पादक मिडिया हबसँग विविध विषयमा सहमति नभएपछि अलग हुने निर्णय गरेको बताएका छन् । मरिचमान श्रेष्ठ र राजु पौडेलले नै मेरी बास्सैको लेखन तथा निर्देशन गर्दै आएका थिए । 

‘हामी मेरी बास्सैसँगै अन्य केही प्रोजेक्टको तयारीमा थियौँ । मिडिया हबका प्रमुख सोम धितालले ‘मेरी बास्सै’मा मात्रै केन्द्रित हुनुस, कि छोड्नुस भन्नुभयो । हामीले छाड्ने निर्णय लियाैँ' राजु पौडेलले भने । 

मिडिया हबका प्रमुख सोम धितालले सहमतिमै उनीहरु अलग भएको बताएका छन् । ‘कुनै कलाकारले छोड्दैमा कार्यक्रम बन्द हुँदैन । हामी अरु कसैलाई जिम्मेवारी दिएर पनि यसलाई निरन्तरता दिन्छौँ’ मिडिया हबका प्रमुख धितालले भन्नुभयो । 

यसअघि मिडिया हबले समयमा पैसा नदिँदा बारम्बार हास्य टेलिश्रृंखलाहरु अवरुद्ध हुने र कलाकारहरुले छोड्ने गरेका थिए । तर अहिले भने पैसाका कारण नभएको कलाकार राजु पौडेल बताउँछन् ।

मेरी बास्सैको सुरुवात सीताराम कट्टेल (धुर्मुस) र केदार घिमिरे (माग्ने बुढा) ले गरेका थिए । उनीहरुले छोडेपछि मेरी बास्सैको लेखन तथा निर्देशनको जिम्मा राजु मास्टर र बल्छी धुर्वेले पाएका थिए ।

– उज्यालाे र गफगाफ डटकमकाे सहकार्य 

अन्तिम अपडेट: फागुन २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया