अग्नि मोटो इन्ककाे नयाँ वर्ष अफर : खुसी आउँछ बण्डलमा

 चैत १२, २०७५ मंगलबार १२:७:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अग्नि ग्रुप अन्तर्गत अग्नि मोटो इन्क प्रालिले नयाँ वर्ष २०७६ को अवसरमा  “खुसी आउँछ बण्डलमा” योजना सार्वजनिक गरेको छ । 

यस योजना अन्तर्गत हरेक बाइक तथा स्कुटरको खरिदमा इन्स्ट्यान्ट क्यास ब्याक प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । स्क्र्याच कुपनमा न्यूनतम १० हजारदेखि १ लाख रुपैयाँसम्मको क्यास ब्याक हरेक ग्राहकले प्राप्त गर्न सक्नेछन् ।

यसका साथै एक वर्षको लागि तेस्रो पक्ष बीमा तथा  सवारी करको सुविधा तथा आकर्षक हेलमेन्ट पनि निःशुल्क रुपमा प्राप्त गर्न सकिने छ । 

यो अवधि भित्र महिन्द्राका स्कुटर वा मोटरसाइकल खरिद गर्नुहुने ग्राहकलाई प्रदान गरिएको कुपनलाई लक्की ड्रमा समावेश गराइने छ र हरेक १५ दिनमा एक्जना भाग्यशाली व्यक्तिलाई होम अप्लायन्सहरु प्रदान गर्नेछ । 

लक्की ड्रको घोषणा कम्पनीको आधिकारिक फेसबुक पेज www.facebook.com/mtwlnepal मा प्रत्यक्ष प्रसारण मार्फत गरिने छ । 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया