ग्यासकाे भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति
फागुन २०, २०८१ मंगलबार
काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले सडक विभागको सहकार्यमा मंगलबारबाट काठमाण्डौको सडकमा ब्रुमर (यान्त्रिक कुचो) सञ्चालनमा ल्याएको छ । काठमाण्डौको सभागृहमा औपचारिक कार्यक्रम गरेर ब्रुमर रत्नपार्कमा प्रयोग गरिएकाे महानगरपालिकाले जनाएको छ ।
काठमाण्डौका नागरिकलाई स्वच्छ हावा र स्वस्थ वातावरण दिने भन्दै महानगरपालिकाले एक साता अघिमात्र झण्डै ११ करोडको लागतमा इटालीबाट ५ वटा ब्रुमर भित्र्याएको थियो । काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सभागृहबाट ब्रुमरको उद्घाटन गर्नुभएकाे थियाे ।
‘यी ५ ब्रुमरले मुख्यतः टेकुलाई केन्द्र बनाएर चक्रपथभित्र सरसफाइको काम गर्नेछन्,’ सूचना अधिकारी आचार्यले भन्नुभयो । ब्रुमरले कलंकी, बल्खु, कालीमाटी, टेकु, सुन्धारा, लैनचौर, दरबारमार्ग, पुरानो बानेश्वर, मध्यबानेश्वर, भद्रकालीलगायतका सडकको धुलो सफा गर्नेछ । यसका लागि ५ वटा रुट तोकिएको महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाले भित्र्याएका पाँच ब्रुमरमध्ये चारवटा ब्रुमर १६ टन क्षमता र एउटा ब्रुमर ६ टन क्षमता बराबरको रहेको छ । ती ब्रुमरहरुले दिनमा १० किलोमिटरसम्मको धुलो संकलन गर्नेछन् । यसअघिका पुराना २ वटा ब्रुमर बिग्रिएपछि महानगरले इटालियन कम्पनीका ५ वटा ब्रुमर भित्र्याएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।