ग्यासकाे भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति
फागुन २०, २०८१ मंगलबार
बलिउड अभिनेता सलमान खानले एकपछि अर्को गर्दै लगातार रणबिर कपूरका फिल्मलाई टक्कर दिने भएका छन् । सलमान खान छिट्टै नै आफ्नाे फिल्म ‘दबंग ३’ को छायांकन सुरु गर्दैछन् ।
याे फिल्मको प्रदर्शन सलमान खानको जन्मदिन २७ डिसेम्बरको वरपर गरिने चर्चा रहेको छ । यसैगरी अभिनेता रणबिर कपूरको फिल्म ‘ब्रम्हास्त्र’ पनि क्रिसमसमा रिलिज हुनेछ । यस फिल्ममा रणबिर कपूरका साथै अभिनेता अमिताभ बच्चन, आलिया भट्टलगायतको मुख्य भूमिका रहेको छ ।
सलमान खानले रणबिर कपूरको फिल्मसँग जुधेको रिलिज डेटलाई सार्ने मुडमा देखिएका छैनन् । यसका साथै सलमान खान रणबिरको आउँदाे वर्ष रिलिजहुने फिल्मलाई समेत टक्कर दिने सोचमा छन् ।
अर्को वर्षको ईदमा सलमान खान र सञ्जय लीला भन्सालीको फिल्म ‘इन्शाअल्लाह’ रिलिज हुनेछ । त्यसै समयकाे आसपास रणबिर कपूरको डकैतीमा आधारित फिल्म ‘शमशेरा’ पनि रिलिज हुने चर्चा रहेको छ । यदि यी दुवै फिल्मको रिलिज डेट परिवर्तन गरिएन भने सलमान र रणबिरबीच दोस्रो पटक टक्कर हुने पक्का रहेको छ ।
अझै रोचक कुरा त यो हुनेछ कि सलमान खानको फिल्म ‘इन्शाअल्लाह’ मा रणबिर कपूरकी प्रेमिका आलिया भट्ट मुख्य अभिनेत्री रहनेछिन् । साथै रणबिर कपूरको यस वर्ष रिलिज हुने फिल्म ‘ब्रम्हास्त्र’ मा आलिया भट्ट नै मुख्य अभिनेत्री हुन् ।
सलमान खान र रणबिर कपूरबीचको सम्बन्ध बिग्रनुको कारण अभिनेत्री कट्रिना केफलाई बताइए पनि त्यो भन्दा अघि देखि नै यी दुईबीचको मनमुटाव सुरु भइसकेको थियो । रणबीर कपूरले बलिउड करिअर सुरु गर्नु अघि सलमान र रणबिरको भेट एक पबमा भएको थियो । त्यहीँ एकअर्काबीच कुराकानी हुने क्रममा कुनै कुरामा यी दुईबीच लामै बहस भएको थियो ।
त्यसै क्रममा रिसले भएका सलमानले रणबिर कपूरको गालामा झापड लगाइदिएका थिए । मानिसहरुको भिडमा सलमानले आफूलाई झापड लगाएपछि रणबिर कपूर तुरुन्तै पार्टी छोडेर निस्किएका थिए । त्यसपछि सलमानका बुवा सलिम खानले रणबिरका बुवा ऋषि कपूरसँग माफी मागेका थिए ।
त्यसपछि सलमानलाई डेट गरिरहेकी अभिनेत्री कट्रिना केफले सलमानलाई बीचैमा छोडेर रणबिर कपूरसँग गएपछि रणबिर र सलमानबीचको शीतयुद्ध झनै बढ्दै गयो । अहिले कट्रिना र रणबिरबीचको सम्बन्ध पनि टुटी सकेको छ । तर अहिले पनि सलमान खान र रणबिर कपूरबीचको मनमुटाव भने सकिएको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।