ग्यासकाे भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति
फागुन २०, २०८१ मंगलबार
काठमाण्डाै - अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राज नारायण पाठक विरुद्द विशेष अदालत काठमाण्डौमा भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक भनिएका लम्बोदर कुमार न्यौपानेसँग कलेजको स्वामित्व विवाद मिलाइदिने भन्दै ७८ लाख रुपैयाँ घुस बापतको रकम लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाठकविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।
आयोगले घुस बापतको रकम दिने कलेजका सञ्चालक भनिएका न्यौपानेविरुद्ध पनि भ्रष्टाचारको मुद्दा दायर गरेको छ । दुवै जनालाई ७८-७८ लाख रुपैयाँ विगो दावीसहित मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।
आयोगमा प्राप्त श्रव्य-दृश्य सामग्रीबाट नै घुस लिएको पुष्टी भएको पनि अख्तियारले जनाएको छ ।
यसै प्रकरणसँग जोडिएका राजनारायण पाठकका भाइ शुभनारायण पाठकले लिएको भनिएको १५ लाख रुपैयाँ नेपाल इन्जिनियरिङ कलेजसँग सम्बन्धित नरहेको पनि अख्तियारले जनाएको छ । १५ लाख रुपैयाँ नयाँ कलेज सम्बन्धनका लागि लिएको भन्ने सम्बन्धमा छुट्टै थप अनुसन्धान गर्ने निर्णय भएको प्रवक्ता कोइरालाले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।