ब्रुमरले राति सडक सफा गर्ने : यी हुन् पाँचवटा रुट

 चैत १३, २०७५ बुधबार १२:३५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मंगलबारदेखि सञ्चालनमा आएको ब्रुमर अर्थात् यान्त्रिक कुचोले रातिको समयमा सडक सफा गर्ने भएको छ । साधारणतया राति ८ बजेदेखि ११ बजेसम्म ब्रुमर सञ्चालन गरिने काठमाण्डौ महानगरपालिकाले जनाएको छ । तर पानी परेको अवस्थामा भने समय हेरफेर हुन सक्ने महानगरपालिकाको भनाइ छ । 

काठमाण्डौको सडक धुलोमुक्त बनाउन भन्दै पाँच वटा बु्रमर सञ्चालनमा आएको हो । 

यी हुन् पाँचवटा रुट

इटालीबाट ल्याइएका पाँचवटा ब्रुमर सञ्चालनको लागि पाँचवटा रुट तय गरिएको छ । सबै ब्रुमर टेकुबाट सञ्चालन हुनेछन् ।

रुट नम्बर १ अन्तर्गत टेकुबाट सुरु हुँदै सोल्टीमोड, टेकु, त्रिपुरेश्वर, सुन्धारा, नयाँ सडक, महाङ्काल, जमल, लाजिम्पाट, शितल निवास, शिक्षण अस्पताल, महाराजगञ्ज, जमल, घण्टाघर भद्रकाली भएर सुन्धारासम्म बु्रमर सञ्चालन गरिनेछ । 

त्यसैगरी रुट नम्बर २ अन्तर्गत टेकुबाट सिंहदरबार, पुतलीसडक, कमलादी, बालुवाटारलगायतका स्थानमा बु्रमर सञ्चालन गरिनेछ । रुट नम्बर ३ अन्तर्गत टेकुबाट कमल पोखरी, ज्ञानेश्वर, मैतीदेवी, पुरानो बानेश्वर, गोशाला, एयरपोर्ट, सिनामंगल, चावहिललगायतका सडकमा ब्रुमर सञ्चालन गरिने छ । 
 
रुट नम्बर ४ अन्तर्गत गौशाला, बत्तिसपुतली, पुरानो बानेश्वर, मैतीदेवीलगायतका स्थापनमा बु्रमर सञ्चालन हुनेछ । रुट नम्बर ५  अन्तर्गत टेकुबाट कलंकी, सितापाइला, बालाजु, ठमेललगायतका स्थापनामा पनि बु्रमर सञ्चालन हुने काठमाण्डौ महानगरपालिकाले जनाएको छ ।


 

अन्तिम अपडेट: फागुन २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया