‘खाडी देशमा’ गौरव र शिल्पाको अभिनय

 चैत १३, २०७५ बुधबार १६:३७:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ– गायक प्रदीप भट्टराईको ‘खाडी देशमा’ भन्ने गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गणेश चौधरीले अरेन्ज गरेको गीतमा संगीत स्वयं प्रदीपकै र शब्द नारायणप्रसाद निरौला र प्रदीप भट्टराईले साथमा लेखेका हुन् । दुई दशकको साङ्गीतिक अनुभव सँगालेका भट्टराईले यसअघि दुईवटा एल्बम बजारमा ल्याइसकेका छन् । 

नायक गौरव पहारी तथा शिल्पा पोखरेलको मुख्य भूमिका रहेको म्युजिक भिडियोमा सुरवीर पण्डित, रमा थपलिया, साजन माझी तथा पूर्णिमा मगरको पनि अभिनय रहेको छ । 

क्रान्ति केसीको निर्देशनमा बनेको म्युजिक भिडियोमा आर्थिक अवस्थाले पिरोलिएर विदेशिनु पर्ने लाखौं नेपालीहरुको कथालाई प्रस्तुत गरिएको छ । भिडियोमा कलाकारहरुले वैदेशिक रोजगारका लागि बाहिरिनु परेपछिको वेदना र परिवारसँगको विछोडको मर्मस्पर्शी प्रसङ्गलाई भावनात्मक ढङ्गले अभिव्यक्त गरेका छन् । 

गायक भट्टराईको ‘खाडी देशमा’ गौरव र शिल्पा ओ.एस.आर. डिजिटलको वितरण रहेको ‘खाडी देशमा’ को म्युजिक भिडियोलाई युट्यूबमा पनि रुचाइएको छ । 
 

अन्तिम अपडेट: फागुन २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया