ग्यासकाे भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति
फागुन २०, २०८१ मंगलबार
काठमाण्डौ - राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले मुस्लिम समुदायको उत्थानका लागि पहल गर्ने बताउनुभएको छ ।
मदरसा अर्गनाइजेसन अफ् नेपालले आयोजना गरेको सम्मान कार्यक्रममा अध्यक्ष अन्सारीले पछि पारिएका मुस्लिम समुदायलाई विशेषाधिकारको माग गर्नुभयो ।
उहाँले मुस्लिम समुदायका बालबालिकालाई कम्तिमा पनि प्लस टु सम्म नि:शुल्क शिक्षा बनाउन प्रयास गर्ने र मुस्लिम युनिभर्सिटी तथा मदरसा बोर्ड गठनका लागि पहल गरिएको उल्लेख गर्नुभयो ।
हज गर्न जाने मुस्लिम समुदायका लागि सहज बनाउन केन्द्रिय हज हाउस बनाउने गरि योजना ल्याइएको जानकारी दिँदै उहाँले अबदेखि हज गर्न जानेहरुको संख्या पनि वृद्धि गरिने बताउनुभयो ।
अहिले वार्षिक १ हजार २ सय जना मात्रै हज जाने व्यवस्था रहेकोमा त्यसलाई बढाउँदै १ हजार थप गर्न सरकारसँग आफूले प्रस्ताव लगिसकेको उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।