कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर १२, २०८१ बुधबार
इण्डियन प्रिमियर लिगमा कोलकाता नाइट राइडर्सले लगातार दोस्रो जित हात पारेको छ । कोलकाताले किंग्स इलेभेन पञ्जावलाई २८ रनले हरायो ।
कोलकातामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टिमले २० ओभरमा चार विकेट गुमाएर २१८ रनको बलियो योगफल तयार पर्याे । यो योगफल आईपीएलको यो सिजनकै सबैभन्दा ठूलो स्कोर हो ।
३६ रनमा दुई विकेट गुमाएको कोलकाताका लागि नितिस राना र रविन उथपाले पहिलो विकेटका लागि ११० रनको उत्कृष्ट साझेदारी गरे । ब्यक्तिगत तर्फ रानाले ३४ बलमा ६३ रन बनाए । उनले दुई चौका र सात छक्का प्रहार गरेका थिए । रविन उथपाले अविजित ६७ रन बनाए । उनले पनि ६ चौका र दुई छक्का प्रहार गरेका थिए ।
बुधबारको खेलमा कोलकाताले १७ छक्का प्रहार गरेको थियो । एन्ड्रु रसेलले पनि १७ बलमा ४८ रन बनाउँदा तीन चौका र पाँच छक्का प्रहार गरे ।
सुनिल नराइनले पनि नौ बलमा २४ रन बनाएका थिए ।
२१९ रनको लक्ष्य पछ्याएको पञ्जाव २० ओभरमा चार विकेट गुमाउँदै १९० रनमा समेटियो । ओपनर केएल राहुल १ रनमा आउट भएका थिए । पञ्जावका लागि डेविड मिलरले सर्वाधिक ५९ रन बनाएका थिए ।
मायांक अग्रवालले ५८ रन जोडे । मन्दिप सिंहले पनि अविजित ३३ रन बनाए । क्रिश गेलले १३ बलमा २० रन बनाएका थिए ।
कोलकाताका एन्ड्रु रसेलले दुई विकेट लिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।