खुम्बुमा पर्यटक बढे

 चैत १४, २०७५ बिहीबार ८:१५:९ | उज्यालो सहकर्मी
unn.prixa.net

सोलुखुम्बु – पर्यटकीय सिजन सुरु भएसँगै खुम्बु क्षेत्रमा पर्यटकको संख्या बढ्न थालेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथालगायत अन्य हिमाली मनोरम दृश्यको अवलोकन गर्न आउने पर्यटक दिन प्रतिदिन बढ्दै गइरहेका छन् ।

फागुनबाट सुरु भएर जेठको मध्यसम्म चल्ने यो सिजनका लागि चहलपहल सुरु भएको नाम्चेका व्यवसायी ग्याल्जेन शेर्पाले बताउनुभयो । अहिले दैनिक झण्डै ४ सयको हाराहारीमा पर्यटक खुम्बु क्षेत्र आउने गरेकोे पर्यटन प्रहरी कार्यालय लुक्लाले जनाएको छ ।

केही दिनदेखि खुम्बुमा पर्ने सगरमाथा क्षेत्रका पदमार्गमा विदेशी पर्यटकको आवात–जावत बढेको छ । हवाई मार्ग प्रयोग गरी आउने पर्यटकका कारण तेञ्जिङ हिलारी विमानस्थलमा उडान सङ्ख्या दिन प्रतिदिन बढिरहेको नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ । खुम्बुमा पर्यटकको संख्या वृद्धि भएसँगै होटलहरु भरिभराउ बनेको पर्यटन ब्यवसायी एवं स्काई नेपाल ट्रेक्स प्रालिका सञ्चालक बलबहादुर दर्नालले बताउनुभयो । 

पर्यटकको चाप बढ्न थालेपछि सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय जोरसल्ले प्रवेशद्वारका कर्मचारीको व्यस्तता पनि बढेको छ । सगरमाथा क्षेत्रमा प्रवेश गर्ने पर्यटकको जोरसल्ले प्रवेशद्वारमा अनिवार्य दर्ता गर्नुपर्ने व्यवस्था रहेको छ ।
 

अन्तिम अपडेट: फागुन २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया