ग्यासकाे भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति
फागुन २०, २०८१ मंगलबार
काठमाण्डाै - सरकारले घोषणा गरेको ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तरगत माथिल्लो त्रिशूली–बी जलविद्युत आयोजनाको शेयर प्रधानमन्त्री केपी शर्मा ओलीलाई २० कित्ता परेको छ ।
उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बिहीबार बाँडफाँड गरिएको सो जलविद्युत आयोजनाको शेयर प्रधानमन्त्री ओलीलाई २० कित्ता परेको हो । एक हप्ताअघि प्रधानमन्त्री ओलीले सो जलविद्युत आयोजनाका लागि १० हजार कित्ता सेयरका लागि आवेदन दिनु भएको थियो । त्यसैगरी प्रधानमन्त्री पत्नी राधिकालाई पनि २० कित्ता, उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनलाई पनि २० कित्ता, पूर्व सभामुख ओनसरी घर्तीलाई पनि २० कित्ता शेयर परेको छ । प्रधानमन्त्रीसहित आफूहरुलाई पनि सर्वसाधारणले पाए जत्तिनै २० कित्ता सेयर भागमा परेको मन्त्री पुनले जानकारी दिनु भयो ।
गएकाे चैत्र ७ गते बिहीबार आवेदन खुला गरिएको आयोजनाकाे ३५ लाख ९३ हजार ८ सय ५० कित्ताको लागि १ लाख ५४ हजार ५ सय ५९ जनाले आवेदन दिएका थिए । आवेदन दिएका ३० लाख ९१ हजार १ सय ८० कित्ता बाँडफाँड गर्दा प्रधानमन्त्रीसहित सबैलाई २० कित्ता भागमा परेको आयोजनाका शेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पुनले शेयर बाँडफाँडबाट जलविद्युत क्षेत्रमा जनताको लगानीको सम्भावना उत्साहप्रद रहेको उल्लेख गर्दै आयोजनाको काम समयमै सम्पन्न गर्न पनि त्रिशूली जलविद्युत कम्पनी लिमिटेडलाई सचेत गराउनुभयो । उहाँले जनताको जलविद्युत कार्यक्रम अन्तर्गतअघि बढाइएको १९ वटै जलविद्युत आयोजनाको काम पारदर्शी ढंगले समयमै सम्पन्न गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
‘नेपालको पानी जनताको लगानी, सबै नेपाली जलविद्युतको सेयरधनी’ भन्ने मूल नाराका साथ घोषणा गरिएको जनताको जलविद्युत कार्यक्रमबाट जलविद्युतमा झण्डै ७ खर्ब रुपैयाँ स्वदेशी लगानी जुटाउने सरकारको लक्ष्य छ ।
त्यसका लागि उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले हाललाई ३ हजार ४ सय ७९ मेगावाट क्षमताका १९ वटा जलविद्युत आयोजना छनौट गरेको छ । मन्त्रालयले यस कार्यक्रमका लागि यसअघि नै कार्यविधि बनाइसकेको छ । जनताको जलविद्युत कार्यक्रम अन्तर्गत पहिलो पटक माथिल्लो त्रिशूली ‘बी’ जलविद्युत आयोजनाको शेयर आह्वान गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।