इण्डियन प्रिमियर लिग : बेंग्लाेरमाथि मुम्बईकाे जित

 चैत १५, २०७५ शुक्रबार ६:३१:१ | उज्यालो सहकर्मी
unn.prixa.net

आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्स विजयी भएको छ । बेंग्लोरमा बिहीबार राति भएको खेलमा रोयल च्यालेञ्जर्सलाई ६ रनले पराजित गर्दै मुम्बईले पहिलो जित हात पारेको हो । 

विराट कोहलीको कप्तानीमा रहेको बेंग्लोरको भने यो लगातार दोस्रो हार हो । १८८ रनको लक्ष्य पछ्याएको बेंग्लोरले निर्धारित ओभरमा ५ विकेट गुमाएर १८१ रन मात्रै बनाउन सक्यो । बेंग्लोरका लागि एबी डेभिलियर्स नट आउट ७० रन बनाए पनि हार टार्न भने सकेनन् ।

यसैगरी विराट कोहलीले ४६ रन बनाउँदा पार्थिब पटेलले ३१ रन जोडे । ४६ रन सहित विराटले ५ हजार रन पनि पूरा गरेका छन् । मुम्बईका जसप्रित बुमराहले ३ विकेट लिए । घरेलु टोली बेंग्लोरले टस जिते पछि पहिला ब्याटिङ गर्न आएको मुम्बईले निर्धारित ओभरमा ८ विकेट गुमाएर१८७ रन बनाएको थियो ।

मुम्बईका लागि कप्तान रोहित शर्माले ४८ रन बनाउँदा सूर्य कुमार यादबले ३८ रन जोडे । यसैगरी १२ बल खेलेका युवराज सिंहले २३ रन बनाए । लगातार तीन छक्का प्रहार गरेको सिंहले चौथो बलमा पनि छक्का प्रहार गर्दा मोहमद सिराजबाट क्याच आउट भएका थिए ।

यस्तै क्वीन्टन डी ककले पनि २३ रन बनाउँदा अन्तिमसम्म क्रिजमा रहेका हार्दिक पाण्ड्याले ३२ रन बनाए । १४ बल खेलेका पाण्ड्याले ३ छक्का तथा २ चौका प्रहार गरेका थिए । बेंग्लोरका युजबेन्द्र चहलले सर्वाधिक ४ विकेट लिए । उमेश यादब र मोहमद सिराजको नाममा दुई दुई विकेट रह्यो ।

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया