ग्यासकाे भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति
फागुन २०, २०८१ मंगलबार
काठमाण्डौ – पूर्व अर्थमन्त्री डाक्टर रामशरण महतले नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य भएको बताउनुभएको छ ।
काठमाण्डौको होटल सोल्टीमा आयोजित ‘लगानी सम्मेलन २०१९’ लाई सम्बोधन गर्दे उहाँले सम्भावना नै सम्भावना रहेको देशमा लगानीको सुनिश्चिता बढी हुने भएकाले नेपालको लगानीमा ढुक्क बन्न विदेशी लगानीकर्तालाई आग्रह गर्नुभयो । उहाँले राजनीतिक खिचातानीमा लामो समय गुजारेको देश राजनीतिक स्थायित्वसँगै समग्र आर्थिक विकासको बाटोमा अघि बढेको उल्लेख गर्नुभयो ।
उहाँले राजनीतिक स्थिरतासँगै देशको प्राथमिकता आर्थिक विकास रहेकाले लगानीको लागि आवश्यक वातावरण बनेको उहाँले स्पष्ट पार्नुभयो । विदेशी लगानीलाई प्रोत्साहन गर्नका लागि आफ्नो पार्टी नेपाली कांग्रेसले पूर्ण समर्थन गर्ने भन्दै उहाँले निजी क्षेत्रलाई लगानीमा विस्तार गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।
पछिल्लो समय नेपालमा विदेशी लगानी अत्यन्तै न्यून रहेको भन्दै उहाँले विदेशी लगानीकर्तालाई आकर्षित गर्नका लागि सरकार संगै आफ्नो पार्टीले आवश्यक सहयोग गर्ने स्पष्ट पार्नुभयो ।
उहाँले खेलकुद, पर्यटन, उर्जा लगायत कयौ क्षेत्रमा नेपाल लगानीको लागि उपयुक्त रहेको पनि उहाँले उल्लेख गर्नुभयो । उहाँले देशको आर्थिक विकासका लागि आवश्यक विदेशी लगानी भित्र्याउनका लागि सम्पूर्ण शक्ति प्रयोग गरिनुपर्नेमा पनि जोड दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।