ग्यासकाे भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति
फागुन २०, २०८१ मंगलबार
काठमाण्डाै - लगानी बोर्डका कार्यकारी प्रमुख महाप्रसाद अधिकारीले आर्थिक विकासका लागि नेपाल विदेशी लगानीकर्तासँग सहकार्य गर्न तयार रहेको बताउनुभएको छ ।
काठमाण्डाैकाे होटल सोल्टीमा आयोजित लगानी सम्मेलन २०१९ का सहभागीलाई धन्यवाद मन्तव्य दिँदै उहाँले लगानीका दृष्टिले प्रशस्त सम्भावना बोकेको नेपालमा पछिल्लो समय लगानीका लागि पनि उपयुक्त वातावरण बनेको बताउनुभएको हो ।
उहाँले विदेशी लगानीसम्बन्धी कानुनी जटिलताको अन्त्य हुनुको साथै लगानी सम्बन्धी अन्य नीतिगत व्यवस्था पनि परिमार्जन र संशाेधन भएकाले कानुनी र प्रक्रियागत जटिलताको अन्त्य भएको स्पष्ट पार्नुभयो ।
उहाँले लगानीको उचित प्रतिफलका लागि आवश्यक वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको भन्दै विदेशी लगानीकर्तालाई स्वागत गर्न नेपाल आतुर रहेको बताउनुभयो ।
बोर्डका कार्यकारी प्रमुख अधिकारीका अनुसार सम्मेलनमा विभिन्न ३९ वटा मुलुकबाट ३ सय कम्पनीका ७ सय ३५ विदेशी लगानीकर्ताको सहभागिता रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।