ग्यासकाे भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति
फागुन २०, २०८१ मंगलबार
खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६, नेर्पामा कम्मरमुनिको अङ्ग नचल्ने समस्याले एकै घरका चार सन्तान पीडित भएका छन् ।
सुरुमा हिँड्दा खुट्टा लरखरिने, लठ्ठिएर ढल्ने, भनेको बेला खुट्टा नलाग्नेजस्ता समस्या देखिने र क्रमशः कम्मरमुनिको पूरै अङ्ग नचल्ने समस्याले बाबु बीरबहादुर गजमेर र आमा लक्ष्मीमाया गजमेरकी माइली छोरी ३० वर्षीय कोपिला, ठाइँली छोरी २२ वर्षीया अनिशा, ठूलीकान्छी छोरी २० वर्षीया मनिषा र कान्छो छोरा १५ वर्षीया चेतराज गजमेर थलिएका हुन् ।
बाल्यकाल सामान्य हिसाबले बिताएका छोराछोरीमा पछि क्रमशः समस्या देखिएको आमा लक्ष्मीमायाले बताउनुभयो ।
बाल्यकाल सामान्य रुपमै बिताएका कोपिला, अनिशा र मनिषा अहिले ‘खाउँ–खाउँ र लाउँ–लाउँ’ को उमेरमा घरभित्र बाहिर गर्न पनि डोर्याउनुपर्ने अवस्थामा पुगेका छन् ।
तीन छोरीलाई आमा लक्ष्मीमायाले डोर्याएर शौचालय लैजाने र ल्याउने गर्नुभएको छ । अनौठो किसिमको शारीरिक समस्याले पीडित भएका चार जनामध्ये कोपिलालाई एक्लै उठ-बस गर्नसमेत समस्या छ ।
शारीरिक समस्या हुँदाहुँदै पनि अनिशाले लरखरिँदै २०७२ सालमा एसईई उत्तीर्ण गरेकी छिन् । कम्मरमुनिको भाग नचल्ने समस्या बल्झिँदै गएपछि मनिषाले पनि कक्षा १० पूरा गर्न नपाएको उहाँले बताउनुभयो । मनिषालाई २ वर्ष अघिदेखि खुट्टा लरबरिने समस्या देखिन थालेको हो ।
कान्छो चेतराज अहिलेम्म आफै हिँडडुल गर्न सके पनि खुट्टा लरखररिएर लड्ने समस्या देखिन थालेको छ ।
गजमेर दम्पतीका ९ सन्तानमध्ये छोरीतर्फ जेठी संगीता र कान्छी उषा तथा छोरातर्फ जेठो राजेन्द्र, माहिलाे इन्द्रकुमार र साहिंलो कृष्ण मात्र शारीरिक रुपमा सामान्य छन् । पहिला माहिली छोरी कोपिलाबाट शुरु भएको कम्मरमुनिको भाग नचल्ने समस्या अन्य सन्तानमा देखिन थालेको हो ।
आर्थिक समस्याका कारण हालसम्म शारीरिकरुपमा अशक्त बनेका छोराछोरीलाई उपचारमा लैजान नसकेको बाबु बीरबहादुरले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।